सरकारी सेवालाई विद्युतीय प्रणालीमा लाने नेपाल सरकारको नीति अनुरुप तथा कार्यालयको सेवालाई प्रभावकारिता दिलाउका साथै कार्यालयको सुरक्षा व्यवस्थालाई सुद्रिढ गर्न यस गाउँपालिकामा २०७४ पौष २५ देखि CC TV Camera तथा E-attendance जडान गरी संचालनमा ल्याइएको छ । गाउँपालिका कार्यालयको फाँट तथा शाखाहरु र परिसर भ्याउने गरी १६ वटा CC Camera जडान गरिएको छ । ती क्यामेराहरुको डिस्प्लेका लागि ३२ इन्चका २ वटा डिसेप्ले बाेर्ड एउटा अध्यक्षको कक्षमा र अर्को प्रमुख प्रशासकीय अधिकृतको कक्षमा राखिएको छ । यस सेवाको जडान कार्य LGCDP को सहयाेगमा भएको हो ।