FAQs Complain Problems

समाचार

चाैविसे गाउँकार्यापालिका राजारानी, धनकुटा

Read More

राजारानी बजार, धनकुटा

Read More

चाैविसे उपत्याकाकाे हरियाली

Read More

संक्षिप्त परिचय -

परिचय :

       यो चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक राजारानी गा.वि.स.को केन्द्र राजारानी बजार (पाटी बजार) लाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत समेटिएका ७ गा.वि.स.हरु छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार हुन् । साविक कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १/१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ ।

        यस गाउँपालिका २६°५०'५८" देखि २६°५९'१५" उत्तरी अक्षांश र ८७°२४'१४" देखि ८७°३४'३९" पूर्वी देशान्तरमा अवस्थित मध्य पहाडी प्रदेशमा पर्दछ । याे गाउँपालिकाको भूभागको उचाइ समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेकाे छ । यसको क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ भने जनसंख्या १७६७७ रहेको छ ।

यस गाउँपालिकाको थप विवरण निम्न तालिका अनुसार रहेको छ :

क्र.सं. नयाँ वडा समावेश गाविस जनसंख्या क्षेत्रफल ‌‌‍(वर्ग कि.मि.)
छ नं. बुधबारे (१-९) १७४१ १६.४
मुढेवास (१-९) २७१६ १७.७९
कुरुलेतेनुपा (२,५,६,७,९) १५५४ २१.००
कुरुलेतेनुपा (१,३,४,८) ११२९ १७.३७
बाेधे (१-९) २५८८ २८.७०
राजारानी (१-९) २७१२ १३.१०
माैनाबुधुक (१-९) २४७४ १५.२१
वसन्तटार (१-९) २७६३ १८.०३
  जम्मा   १७६७७ १४७.६०

श्रोत : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

थप जानकारीकाे लागि ‍‍ ........

Pages

हाम्राे फेसबुक

चौविसे गाउँपालिका सम्बन्धित भिडियोहरु

जन प्रतिनिधि

कर्माचारी

बाबु नन्दन मेहता

प्रमुख प्रशासकिय अधिकृत

साेभित कुमार तुम्बा

लेखा अधिकृत

ई. सन्दिप थापा

सूचना तथा संचार प्रविधि अधिकृत

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी

Suchana Adhikari (Information Officer)

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ दिन देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- २५० (एक राेपनी भन्दा माथि प्रति राेपनी थप रु ५)
आवश्यक कागजातहरुः-

-> हकवलाहरुकाे नागरिकता प्रमाण पत्र
-> जग्गाधनी प्रमाण पुर्जा
-> मृत्यु दर्ता प्रमाण पत्र
-> मृतकसंगकाे नाता प्रमाणित
-> एकीकृत सम्पति कर तिरेकाे रसिद (प्रयाेजन हेरी मंजुरीनामा, बकसपत्र, अंशवण्डा पत्र) र स्थलगत सर्जमिन

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणीत तथा अन्य सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३००(नेपालिमा)/ ५०० (अंग्रेजीमा)
आवश्यक कागजातहरुः-

-> सम्बन्धित व्यक्त्तिहरुकाे नागरिकता प्रमाण पत्र
-> नागरिकता नबनाएकाे भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्त्तिहरुकाे फाेटाे २/२ प्रति (प्रयाेजन हेरी विवाह दर्ता र मृत्यु दर्ता ,बसाइँसराई प्रमाण पत्र )

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणीत तथा अन्य सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

-> विवरण भरेकाे अनुसुची फारम
-> शैक्षिक याेग्यताकाे प्रमाण पत्र
-> जन्मदर्ताकाे प्रमाण पत्र
-> बाबुकाे नागरिकताकाे प्रमाण पत्र
-> पासर्पाेट साइजकाे सादा फाेटाे ५ प्रति
-> विवाहित महिलाकाे हकमा विवाह दर्ताकाे प्रमाण पत्र
-> माइतीपट्टिक बाबु आमा वा परििवारका कुनै सदस्यकाे नागरिकता(प्रयाेज हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र)

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख/ सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- चाैविसे गाउँकार्यपालिकाकाे कार्यालय/ वडा कार्यालय
सेवा शुल्कः- घर जग्गाकाे क्षेत्रगत मूल्यांकन वा स्वघाेषणामूल्यांकन अनुसार
आवश्यक कागजातहरुः-

-> निवेदन
-> जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
-> भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साकाे प्रतिलिपि
-> भवन जग्गा खरिद गरेकाे भए मालपाेतबाट रजिस्ट्रेसन पारित लिखितकाे प्रतिलिपि
-> (स्थानीय तहकाे नाम) घाेषणा हुनु पूर्व निमार्ण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
-> मालपाेत प्रतिवेदन
-> नागरिकता र नापी नक्साकाे प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- दर्ता ,नवीकरण र कर
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चाैविसे गाउँकार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- व्यवसायकाे किसिम र श्रेणी हेरी लाग्ने
आवश्यक कागजातहरुः-

-> नागरिकता प्रमाण पत्र
-> फाेटाे २ प्रति
-> भाडामा भए घरभाडा सम्झाैता
-> घर भएकाे जग्गाकाे धनिपुर्जकाे प्रतिलिपि

Pages

जानकारी

//