FAQs Complain Problems

समाचार

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग, दलित बालबालिका पाेषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धी

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

-> एकल महिलाकाे हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमाेजिम शर्त पुरा भएकाे र जेष्ठ नागरिककाे हकमा ७० वर्ष पुरा भएकाे
-> विधवा महिलाकाे लागि श्रीमान्काे मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपि, अन्यत्रबाट आएकाे भए बसाई सराई प्रमाण पत्र, पासपाेर्ट साईजकाे २/२ प्रति फाेटाे, निवेदन
-> दलित जेष्ठकाे हकमा ६० वर्ष उमेर पुरा भएकाे नागरिकता प्रतिलिपी
-> दलित बालबालिका पाेषण अनुदानकाे लागि (जन्मे देखी पाँच वर्ष) जन्म दर्ता र आमा वा स‌ंरक्षककाे नागरिताकाे प्रतिलिपी
-> अपाङ्ग परिचय पत्रकाे लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारी गरिएकाे अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गकाे हकमा संरक्षक समेतकाे ३ प्रति फाेटाे (सबै लाभ ग्राहीहरुकाे निवेदनसंग २/२ प्रति फाेटाे अनिवार्य)