FAQs Complain Problems

७ दिने डकर्मी तालिम संचालन

पुनर्निर्माण प्राधीकरण जिल्ला समन्वय समितिको सचिवालय धनकुटाको अायोजनामा अाज मिति २०७४ पौष १८ गतेबाट ७ दिने डकर्मी तालिम ६ नं. वडा कार्यालयको सभाहलमा शुरु भएको छ । तालिमको उद्घाटन यस गाउँपालिकाका ६ नं. वडाका वडाध्यक्ष दान सिंह राईबाट भयो । यस तालिममा ७ नं. वडाबाट ४ जना र अन्य सबै वडाबाट ३/३ जनालाई सहभागी गराइएको छ । यस तालिमका लागि सचिवालयबाट २ जना प्रशिक्षकहरु अाउनुभएको छ । यो तालिम पौष २४ गते समापन हुनेछ ।

आर्थिक वर्ष: